एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार तेस्रो जित

सफल खबर संवाददाता

शनिबार, १० पुस २०७८, १३ : ०३
एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार तेस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल नजिक पुगेको छ ।शनिबार बिहान भएको खेलमा नेपाली टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले आयोजक बंगलादेशलाई सोझो सेटममै पराजित गरेको छ ।

बंगलादेशबिरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले बंगलादेशलाई पहिलो सेटमा २५-५ को सहज जित निकालेको थियो ।त्यस्तै दोस्रो सेटमा नेपालले बंगलादेशलाई २५-१५ को जित निकालेको थियो । त्यस्तै तेस्रो सेटको खेलमा भने नेपालले मध्यम खेल प्रदर्शन गरेको थियो । यद्यपि नेपालले २५-१७ को जित निकालेको थियो ।

यसअघिका खेलमा नेपालले श्रीलंकालाई ३–२ को सेटमा जित निकालेको थियो । त्यस्तै अर्को खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।अहिलेसम्मको नेपालका निरन्तर जितसँगै ८ अंक भएको छ । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानको ६ अंक छ । यस्तै श्रीलंकाको ४ तथा किर्गिस्तानको ३ अंक छ । बंगलादेशले अंकको खाता खोल्न सकेको छैन ।

महिलातर्फको भलिवलमा बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ ।यो प्रतियोगितामा शिर्ष स्थानका २ टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल आगामी २९ डिसेमबरमा हुनेछ । त्यस्तै पुरुष तर्फको भलिवल खेल पनि आजै हुँदै छ ।

जसमा नेपालले आजै श्रीलंकासँग खेल्ने छ । पुरुष भलिवलमा पनि यसअघिको पहिलो खेलमा उज्वेकिस्तानलाई पराजित गरेको थियो ।नेपाल आजको खेलबाट दोस्रो जित निकाल्ने होडमा रहेको छ । खेल साँझ ५:४५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस