‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, १० पुस २०७८, ११ : २०
‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल ५ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ । दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुईबीचको खेल साँझ पौने पाँच बजे सुरु हुनेछ ।

मनाङ ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मछिन्द्र ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस