काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ ।
आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।
यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्नेगरी आयोगले तयारी गरिरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए । २०७९ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल पनि सकिँदै छ ।
काभ्रेको धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले तीनै तहका निर्वाचन’दयगत आयोगको योजना’दयगत धारणा राखेका हुन् ।
सो कार्यक्रममा थपलियाले देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि कुनै पनि तहमा म्याद थपको व्यवस्था नभएकाले कार्यकाल सकिनुअघि नै आयोगले निर्वाचन गर्नैपर्ने बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ पुस २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियामा आम निर्वाचन : एक करोड ८० लाख मतदाता
बारको निर्वाचन भोलि, बिहान ८ बजेदेखि मतदान
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित