काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्राबाट आफूले विश्राम नलिएको स्पष्ट पारेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै उनले आफ्नो राजनीतिक यात्रा जारी रहने स्पष्ट पारेका छन्। ‘मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ।
यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो। मेरो राजनीतिक यात्रा जारी छ,’ विज्ञप्तिमा उनले भनेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ पुस २०७८, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट