काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुट भएपछि हिजो स्थगित गरिएको मतदान विहान साढे ९ बजेदेखि सुरु गरिएको हो ।
दिउँसो १ बजेदेखि मतदान गराउने तय गरिएकोमा मतपत्र छाप्ने काम छिटो सकिएपछि साढे ९ बजेदेखि नै मतदान सुरु गराइएको हो । जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका छन ।
प्रदेश २ कांग्रेस सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र नेता विमलेन्द्र निधि तथा शेखर कोइराला पक्षबाट रामसरोज यादव चुनावी मैदानमा छन् । दुई पक्षबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।
हिजो मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?