सुदूरपश्चिम : नौ जनामा सङ्क्रमण, एक मृत्यु

रासस

बुधबार, ०७ पुस २०७८, २० : ५६
सुदूरपश्चिम : नौ जनामा सङ्क्रमण, एक मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५३६ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पताल एक जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन् ।

यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कञ्चनपुरका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ । 

प्रतिक्रिया दिनुहोस