काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै सहकारीको ब्याजदर बढाउन सञ्चालकहरुले लबिङ थालेका छन् । सहकारी विभागले तोकेको सहकारी संस्थाहरुको ऋणको अधिकतम ब्याजदरको सीमा सन्दर्भ ब्याजदर १४।७५ प्रतिशतमा रहेर संस्था सञ्चालन गर्न ग्राहो भएको भन्दै पुनरावलोकन गर्न सञ्चालकहरुले दबाब दिएका हुन् ।
“अहिले बैंकहरुले बचतमै १४-१५ प्रतिशत ब्याजदर दिन थालिसकेका छन् । अब सहकारीलाई दुर्घटनाबाट बचाउने हो भने सन्दर्भ ब्याजदरको सीमा बढाउनुपर्छ,” जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले भने । बैंकले ब्याजदर बढाएसँगै सहकारीको निक्षेप घट्दै गएको र यही क्रम केही समय रहने हो भने सदस्यहरुको बचत फिर्ता दिन नसक्ने अवस्था आउने उनले चेतावनी दिए ।
सहकारी विभागले २०७७ कात्तिक १५ गतेदेखि सहकारीले ऋण लगानी गर्दा अधिकतम १४.७५ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँगै सहकारीमा पनि तरलता अभाव हुन थालेपछि यसको समाधानका लागि मंगलबार ललितपुरमा सहकारी अभियानका नेतृत्व र विभागका रजिष्टारको उपस्थितीमा छलफल भएको थियो ।
छलफलमा सहकारी अधिकांश सहकारीकर्मीहरुले ब्याजदरको सीमा साँघुरो भएको भन्दै यसलाई पुनरावलोन गर्न रजिष्टारलाई आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका पूर्वअध्यक्ष रामशरण घिमिरेले सन्दर्भ ब्याजदर सीमा ब्याजदरका रुपमा आएको भन्दै यो प्रावधानलाई हटाउन आग्रह गरे ।
कार्यक्रममा सहकारीकर्मीहरुको गुनासो सुनेपछि सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सन्दर्भ ब्याजदर बजारको अवस्थामा आधारमा पुनरावलोकन गर्ने बताए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ पुस २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय