काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनले चयन गरेको १४ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या केवल १ मात्र परेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरेको भए तापनि महिला कोटाबाटै सहमहामन्त्रीमा निर्वाचित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’ एकमात्र महिला पदाधिकारी भएकी हुन्।
उपसभापतिमा सुजाता कोइराला र दिव्यश्वरी शाहबाहेक आरक्षण बाहिरबाट अन्य महिला नेतृ प्रतिस्पर्धामै उत्रिएनन् । कार्यसमितिमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न कांग्रेस विधानमा सहमहामन्त्री १, महिला खुला ९, प्रत्येक प्रदेशबाट १–१ जना गरी सात, आदिवासी÷जनजाति कोटामा १, खस÷आर्य कोटामा ६ जना, मधेसी कोटामा ४ जना, थारू कोटमा २ र मुस्लिम कोटामा १ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
सभापति र महामन्त्रीमा महिलाको उम्मेदवारी नै परेन । पदाधिकारीमा कोषाध्यक्ष मनोनित हुने भएकाले महिला आउँछन् कि पुरुष अहिले स्पष्ट भएको छैन । कांग्रेसको निर्वाचित हुने १ सय २१ केन्द्रीय सदस्यमध्ये खुला ३५ जनामा पनि महिलाले प्रतिस्पर्धा गरेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ पुस २०७८, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने