काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनले चयन गरेको १४ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या केवल १ मात्र परेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरेको भए तापनि महिला कोटाबाटै सहमहामन्त्रीमा निर्वाचित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’ एकमात्र महिला पदाधिकारी भएकी हुन्।
उपसभापतिमा सुजाता कोइराला र दिव्यश्वरी शाहबाहेक आरक्षण बाहिरबाट अन्य महिला नेतृ प्रतिस्पर्धामै उत्रिएनन् । कार्यसमितिमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न कांग्रेस विधानमा सहमहामन्त्री १, महिला खुला ९, प्रत्येक प्रदेशबाट १–१ जना गरी सात, आदिवासी÷जनजाति कोटामा १, खस÷आर्य कोटामा ६ जना, मधेसी कोटामा ४ जना, थारू कोटमा २ र मुस्लिम कोटामा १ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
सभापति र महामन्त्रीमा महिलाको उम्मेदवारी नै परेन । पदाधिकारीमा कोषाध्यक्ष मनोनित हुने भएकाले महिला आउँछन् कि पुरुष अहिले स्पष्ट भएको छैन । कांग्रेसको निर्वाचित हुने १ सय २१ केन्द्रीय सदस्यमध्ये खुला ३५ जनामा पनि महिलाले प्रतिस्पर्धा गरेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ पुस २०७८, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?