काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवानिकट पक्षको बाहुल्य भएको छ।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको आइतबार सम्पन्न गणनाअनुसार देउवा समूहबाट उम्मेदवार बनेका २५ नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा इतर समूहका १० नेतामात्र स्थान सुरक्षित गर्न सफल भएका छन्।
कांग्रेस निर्वाचन समितिले साँझ दिएको अन्तिम मतपरिणामअनुसार खुलातर्फका ३५ केन्द्रीय सदस्यमा १६ जना नयाँ अनुहार छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका वर्तमान र पूर्वअध्यक्षसहितका नेताहरु पार्टीको केन्द्रीय सदस्यमा पुगेका छन्। पुराना १९ नेता केन्द्रीय समितिमा दोहोरिएका छन्।
केन्द्रीय समितिमा दोहोरिएका नेतामध्ये निवर्तमान महामन्त्री शशांक कोइरालाले सर्वाधिक मत पाए। १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका शशांक देउवा इतर समूहबाट एउटामात्र उम्मेदवार बन्नेरबनाउने प्रयास असफल भएपछि केन्द्रीय सदस्यमा मात्रै चुनाव लडेका थिए। उनले ३ हजार ८ सय ३६ मत प्राप्त गरेका छन्। उनको नाम देउवा र शेखर कोइराला दुवै समूहमा प्यानलमा समावेश थियो।
त्यस्तै सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य नौ नेतामा क्रमश एनपी साउद,बालकृष्ण खाँण, उदयशमशेर राणा,रामहरि खतिवडा,रमेश लेखक,ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी,जिपछिरिङ लामा र अर्जुननरसिंह केसी छन्। १० नम्बरभित्र आफ्नो स्थान सुरक्षित गर्ने नेतामध्ये शशांक र केसीबाहेक सबै देउवा निकट नेता हुन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ पुस २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेसले बोलायो संसदीय दलको बैठक
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई