यी ६७ मुलुकबाट नेपाल आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने (सूचीसहित)

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, १० : ४३
यी ६७ मुलुकबाट नेपाल आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन फैलिन नपाओस् भनेर सरकारले ६७ देशबाट नेपाल आउने यात्रुलाई अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाएको छ। 

अध्यागमन विभागले शुक्रबार साँझ विज्ञप्ति जारी गरी अमेरिका, मलेसिया तथा धेरैवटा युरोपेली मुलुकसहित ६७ देशबाट नेपाल आउनेहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो। 

विज्ञप्तिअनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ। रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ। तर नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया दिनुहोस