चितवन । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०५६ नम्बरको ट्रकले अन्दाजी दुई वर्षको बच्चालाई ठक्कर दिंदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने बच्चाको नाम खुलेको छैन । घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगो निभाउन पुगेको दमकलाई समेत स्थानीयले ढुंगा प्रहार गरेको बताईएको छ ।
घटनापछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आगो निभाउने र राजमार्ग खुलाउने प्रयास भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु