काठमाडौं । कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन्। यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्। महामन्त्रीमा बिहीबार गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी बनेका हुन्।
थापा डा. शेखरप्रसाद कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए। सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भए पनि महामन्त्रीमा उनको समूहका दुवै उम्मेदवार पराजित भएका छन्। देउवाको पक्षबाट प्रदीप पौडेल र डा। प्रकाशशरण महत प्रत्याशी थिए।
केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले सर्वाधिक ३ हजार २३ मत ल्याएका छन्। त्यसपछि शर्मा १ हजार ९ सय ८४ मत ल्याएर विजयी बनेका छन्। पौडेलले १ हजार ३ सय ९३ र डा। महतले १ हजार ५ सय ५६ मत पाएका छन्। डा. कोइराला पक्षका डा. मीनेन्द्र रिजालले ८ सय ९ र विमलेन्द्र निधि पक्षका डा. राजाराम कार्कीले १ सय ६ मत पाएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ पुस २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने