काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्काे बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।
मंगलबारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरेका थिए ।मंगलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरिएको छ ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आउँदो बैठकमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन होस् : कांग्रेस
सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउँनुपर्छ : सांसद केसी
हिन्दू राष्ट्रको पक्षमा महासमितिमा बहुमत देखियो : शंकर भण्डारी
विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी
हामीले समयमै कुनै पूर्वाधार बनाउन सकेनौं : गगन थापा
कालोबजारीलाई सरकारले प्रश्रय दिएको एमालेको आरोप