कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १३ : ०६
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । 

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार दिउँसो २ बजेबाट संसदको १०औँ अधिवेशन सुरु हुने भएपछि बैठक सञ्चालनसहित कार्यसूचीका विषयमा छलफल गर्न समितिको बैठक बसिरहेको हो । 

प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्ने रणनीति बनाइरहँदा समितिको बैठक पनि बसिरहेको हो । सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर दिउँसो २ बजे बैठक बस्ने गरी संसदको १०औँ अधिवेशन आह्वान गरेकी हुन् । 

मंगलबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेका छन् ।