डलरको मूल्य १७ महिनाकै उच्च, कमजोर हुँदै नेपाली मुद्रा

पत्रपत्रिकाबाट

आइतबार, २६ मंसिर २०७८, ०८ : २२
डलरको मूल्य १७ महिनाकै उच्च, कमजोर हुँदै नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हँुदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ।  अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री विनिमय दर मंसिर २५ गते १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ। अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हँुदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरेकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री विनिमय दर मंसिर २५ गते १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ। यसको अघिल्लो दिन अर्थात्् मंसिर २४ गते  बिक्रीदर १ सय २१ रुपैयाँ १४ पैसा पुगेको थियो । 

यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ५४ पैसा थियो।  सो बिक्री दर भने २०७७ असार ९ गतेपछिको अर्थात् १७ महिनाकै उच्च हो। सो अवधि अघि अमेरिकी डलरको बिक्रीदर अधिकतम १ सय २१ रुपैयाँ ३४ पैसासम्म पुगेको थियो।  यस्तै खरिद दर पनि १२१।९४ रुपैयाँ थियो। यसपछि भने घटेको थियो। डलरको मूल्य क्रमशः बढ्दै गर्दा नेपाली रुपैयाँ अवमूल्यन भएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

 

प्रतिक्रिया दिनुहोस