काठमाडौं । कांग्रेस सभापति पदमा शनिबार ६ नेताले मनोनयनपत्र दर्ता गरेका छन्। मुख्यगरी दुई गुट देखिँदै आएकामा १४औं महाधिवेशनमा चार प्यानल बनेको छ। जसकारण धेरै नेता गुट परिवर्तन गरी उम्मेदवार बनेका छन्।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रूपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा गर्ने भएका छन्। संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा। कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेल भने नेतृत्वको प्रतिस्पर्धाबाट पछि हटेका छन्। कोइराला परिवारको ‘एकता’ छिन्नभिन्न भएको छ।
निकै चासोका साथ हेरिएको दुई महामन्त्री पदमा डा। प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा। मीनेन्द्र रिजाल, प्रदीप पौडेल र डा। राजाराम कार्की उम्मेदवार बनेका छन्। डा। महत र पौडेल देउवा, शर्मा सिंह, डा। रिजाल र थापा डा। कोइराला अनि डा। कार्की निधिको प्यानलबाट अघि सरेका हुन्। देउवा पक्षबाट यसअघि महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदको नाम चर्चामा थियो। तर, कृष्णप्रसाद सिटौलासँग तालमेलसँगै डा. महत र पौडेलले बाजी मारेका हुन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २६ मंसिर २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु