काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।
‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन)ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ ।’
आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बताएका उनले सरकार र दल भ्रष्टाचार नियन्त्रण गरेर जनताको चाहना र प्रतिबद्धता पूरा गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने बताए ।
सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैँले अनुभव गरेको बताएका प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए । शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो