काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।
कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिनका लागि वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा। शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।
यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।सभापतिको रेसमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।
संस्थापन समूहबाट देउवालाई एक्लो उम्मेदवार हुनबाट निधिले छेक्ने सम्भावना छ । श्रेष्ठ भने उम्मेदवारी दिने अवस्थामा नपुग्ने धेरैको आँकलन छ । इतर समूहमा पौडेललाई महामन्त्री कोइरालाले साथ दिए पनि नेता सिंह र कोइरालाले टेरेका छैनन् ।
इतर समूहमा सहमतिको प्रयासमा जुट्दै आएका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने मंगलबार देखिको प्रयास सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
‘पार्टीभित्रको सुधारवादी आन्दोलनमा साथीहरूबाट सहयोग हुनेभन्दा असहयोग हुने अवस्था बन्दै आयो, साझा उम्मेदवार बनाउन तीन दिनदेखिको प्रयास सफल हुन सकेको छैन । देशभरका नेताकार्यकर्ताको भावनालाई नबुझ्ने हो भने पार्टीलाई नै घात हुन्छ,’ नेता केसीले राजधानीसँग भने ।
नेता सिंहले भने आफू उम्मेदवारी दर्ताको तयारीमा रहेको भन्दै नेताहरूलाई अब सहमतिको सम्भावना सकिएको जवाफ दिइसकेका छन् ।‘उहाँले सहमति भए मेरै नाममा गरौं, नभए हुन्न भन्नुभयो, आफ्नो नाममा सहमति नभए अरूलाई मान्दिनँ भन्ने उहाँको प्रस्ट भनाइ छ,’ सिंहसँगको छलफल’भएको जानकारी दिँदै एक नेताले भने । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २४ मंसिर २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा काँग्रेसले पनि जनायो असहमति