काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऊँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो ।
पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्वाचन समितिले पदाधिकारीबाहेकका सदस्यको निर्वाचनका लागि विद्युतीय भोेटिङ मेसिन प्रयोग गर्न सकिने’मा समेत पार्टी नेतृत्वसँग प्रस्ताव गरेको छ । तर, सो’कुरामा कुनै निर्णय भने भइसकेको छैन ।
‘कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा छ, पदाधिकारीबाहेक सदस्यको निर्वाचनका हकमा डिजिटल भोटिङ मेसिनको प्रस्ताव पनि निर्वाचन समितिबाट आएको छ, सो’दयगतमा पदाधिकारी बैठकले निर्णय गर्छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।
तर, कागजी मतदान हुने अवस्थामा भने एक मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नेगरी तयारी गरिएको छ । कांग्रेसले मतदानका लागि तीन स्थानसमेत तय गरेको छ । प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । यी विभिन्न स्थानमा भूगोलका आधारमा मतदानको व्यवस्था मिलाइनेछ ।
यसैगरी, मतदानका लागि अहिलेसम्म २ सय ९३ वटा बुथ राख्ने तयारी भइरहेको छ । यस्तै, मतपत्रमा मत हालिसकेपछि सो मतपत्र खसाल्नका लागि १ हजारवटा बक्स राख्नेगरी तयारी गरिएको प्रवक्ता शर्माले जानकारी दिएका हुन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ मंसिर २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै