ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक

पत्रपत्रिकाबाट

शुक्रबार, १७ मंसिर २०७८, ०६ : १४
ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन साताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

ती मुलुकबाट शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाइएको हो । तर, हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले प्रवेश अनुमति पाउने भएका छन् तर अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सरकारका एक मन्त्रीका अनुसार ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । राजधानि दैनिक मा खबर छ । 

प्रतिक्रिया दिनुहोस