काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन कार्यक्रम स्थगित भएको छ। जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिए।
बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र मंगलबार मतदान गर्ने निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो। लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको भट्टराईले बताए।
लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन यही मंसिर १५ गतेदेखि प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदानरमत गणना सम्पन्न हुन नसकेमा प्रदेशस्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधिहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले स्थगित गरिएको जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ।
केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशनरनिर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको भट्टराईले बताए। जिल्ला निर्वाचन समितिको सचिवालय बाँकेमा असन्तुष्ट पक्षले लगाएको तालाबन्दी तथा वडा तह, गाउँपालिका, नगरपालिका, प्रदेश सभा र क्षेत्रको निर्वाचन परिणाम ढिलो आउँदा पुर्वनिर्धारित तालिकाभन्दा पछाडी निर्वाचन कार्यक्रमहरु धकेलिएका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १३ मंसिर २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?