काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका छन ।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेता थापाले उक्त टिप्पणी गरे । उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिष्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए। उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप समेत लगाए।
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने समेत बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताए ।
नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा