काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र नियम अनुसार पार्टी नचल्दा कांग्रेसको छवि विग्रदै गएको बताएका छन् । आइतबार (आज) नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले पार्टीको १३ औँ महाधिवेशन सकिएको दुई महिना भित्र विभागहरु गठन गर्नुपर्ने पार्टीको विधान भएपनि ५ वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको आरोप लगाए ।
नेता सिंहले बहुमत छ भन्दैमा पार्टीलाई विधि र अनुशासन भन्दा बाहिर गएर सञ्चालन गर्न नहुने धारणा राखे । उनले काठमाडौ जिल्लाको अधिवेशनमा भोट हाल्दा पार्टीलाई बेथितितिर लैजाने कि नीति र नियम संवत चलाउने भन्नेतर्फ ध्यान दिन आग्रह गरे ।उनले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सन्देश यसपटकको काठमाडौ जिल्लाको अधिवेशनले दिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह