स्वाथ्य सेवा करार महानगर समिति निर्माण

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, २० : २४
स्वाथ्य सेवा करार महानगर समिति निर्माण

चितवन । भरतपुर महानगरपालिकाअन्तर्गत स्वास्थ्य संस्थामा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले आज एक भेला गरी अखिल नेपाल प्रगतिशील जनस्वाथ्यकर्मी महासंघ भरतपुर महानगर कमिटीअन्तर्गत रहने गरी स्वाथ्य सेवा करार महानगर समिति निर्माण गरिएको छ ।

महासंघ चितवन जिल्ला अध्यक्ष मिरा अधिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष एवम् वीपी कोइराला मेमोरिएल क्यान्सर अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माको प्रमुख आतिथ्यतामा गरिएको भेलाले नवीन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नगर समिति निर्माण गरिएको छ । सचिवमा बालकृष्ण तिवारी, उपाध्यक्षमा शिला दर्जी चयन भएका छन् ।

करार स्वाथ्यकर्मीहरुको भुमिका स्वास्थ्य सेवामा अत्यन्तै ठूलो रहेको तर राज्यले उपेक्षा गरेको भन्दै अबका दिनमा कर्मचारीको हक हितका लागि लड्ने उदेश्यका साथ कमिटि गठन गरिएको हो । जसको शुरुवात भरतपुरबाट गरिएको अध्यक्ष नबिन अधिकारिले बताए । करार कर्मचारीको समस्यामा आफू र आफ्नो सङ्गठनले सहयोग गर्ने डा शर्माले बताए । यसैगरी अखिल नेपाल प्रगतिशील जनस्वाथ्यकर्मी महासंघ नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन रहेको छ । 

प्रतिक्रिया दिनुहोस