जुम्ला । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।
स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ । उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएकोे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० मंसिर २०७८, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
विषालु सर्पले टोकेर एक महिलाको मृत्यु
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु
दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु
कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु
ट्रकको ठक्करबाट अमेरिकामा नेपाली महिलाको मृत्यु