विश्वकप एसिया छनोट : नेपाल र मलेसिया भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १० : २२
विश्वकप एसिया छनोट : नेपाल र मलेसिया भिड्दै

file Photo

काठमाडौं । आईसीसी टी २० विश्वकपको एसियाली छनोटमा आज नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग खेल्दै छ । नेपाली समयअनुसार ११ : १५ बजे आईसीसी एकेडेमी दुबईमा सुरु हुने खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने छ ।

नेपाल पहिलो खेलमा हङ्कङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा कुवेतलाई पराजित गरेको नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपालले ग्लोबल छनोटमा स्थान बनाउँन बाँकी दुवै खेल जित्नु पर्नेछ । नेपालले मलेसियापछि आइतबार युएईसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस