च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग पीएसजीको लज्जास्पद हार

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, ११ : २७
च्याम्पियन्स लिग :  म्यानचेस्टर सिटीसँग पीएसजीको लज्जास्पद हार

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लज्जास्पद हार बेहोरेको छ ।स्टार खेलाडीले भरिएको पीएसजीलाई म्यानचेस्टर सिटीले २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर सिटीले समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

आफ्नै खेलमैदानमा म्यान्चेष्टर सीटीले पीएसजीलाई पराजित गरेको खेलमा दुवै गोल दोस्रो हाफपछि गरेको हो ।सीटीका लागि रहिम स्टर्लिङले खेलको ६३औँ मिनेट र ग्रावियल जेसुसले ७६ औँ मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको ५०औँ मिनेटमै पीएसजीका लागि केलियन एम्बाप्पेले पहिलो गोल गरेका थिए ।

सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिमा उतारको थियो । यद्यपि उसले पराजित हुनुपर्यो । समूहमा उपविजेता बनेको पीएसजीले पनि नक आउट चरणमा भने स्थान बनाएको छ । त्यस्तैगरी समूह ‘ए’ कै अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५-० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस