चितवन । कांग्रेस चितवनको जिल्ला अधिवेशन निर्धारित समयतालिकामा नहुने भएको छ । जिल्लामा हुन लागेको अन्य कार्यक्रम तथा गतिविधीलाई मध्यनजर गर्दै समयतालिका हेरफेर गरिएको छ । जिल्ला नेतृत्व चयनका लागि पहिला बिहीबार उम्मेद्वार मनोनयन र १० गते शुक्रबार मतदान तय भएको थियो ।
पछि सोमबार बसेको जिल्ला कार्य समितिको पदाधिकारीको बैठकले यो मिति हेरफेर गरेर १० गते मनोनयन र ११ गते मतदान गर्ने निर्णय लिएको थियो । बुधबारको बैठकले फेरि मनोनयन र मतदान स्थल हेरफेर गरेको छ ।
जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठले एक सुचना जारी गर्दै मंसिर १० गते बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्म भरतपुर यज्ञपुरीमा उम्मेदवारी मनोनयनको समय कायम गरिएको छ । त्यसैगरी शनिबार बिहान आठदेख दिउँसो तीन बजेसम्म भरतपुर दूरसञ्चार रोडको कभर्ड हलमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
‘केही प्राविधिक विषयले समय र ठाउँ परिवर्तन भयो,’ सभापति जितनारायण श्रेष्ठको भनाई छ । भोलि नारायणगढमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । सो कार्यक्रमको भीड व्यवस्थापन गर्न चितवन प्रशासनले भरतपुर क्षेत्रका राजमार्ग र मुख्य सहरी सडकमा गाडी चल्न रोक लगाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ मंसिर २०७८, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै