एमाले र कांग्रेसका ५४ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

बुधबार, ०८ मंसिर २०७८, १९ : ४७
एमाले र कांग्रेसका ५४ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन । एमाले, कांग्रेसलगायत अन्य पार्टीका ५४ जना कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका वडा नं ११ कैलाश टोलका कांग्रेस एमाले तथा अन्य पार्टी छोडी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गरेका ५४ जनालाई भरतपुर माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले टीका लगाएर फूलगुच्छाले. स्वागत गरेकी थिइन् ।  लमजुङ गुरुङ तमु साजले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देशले हालसम्म प्राप्त गरेका सबै  उपलब्धि माओवादी केन्द्र रहेको र व्यवस्था र यसको रक्षा पनि माओवादीबाट मात्रै सम्भव हुने बताइन् । पार्टी प्रवेश गरेकाहरुलाई पार्टीले उचित जिम्मेवारी र कुशल अभिभावकत्व प्रदान गर्ने बताइन् । 

भरतपुर महानगरपालिकाकी प्रमुख समेत रहेकी दाहालले यहॉका जनसमुदायहरूको आवस्यकता र विकासको चाहानालाई पुरा गर्न  यस वडामा महानगरीय बजेटमार्फत १८ करोड बढी वार्षिक बजेटको व्यवस्था गरी पूर्बाधार बिकासमा केन्द्रित रहेको बताइन् ।आफूले भरतपुरको विकासलाई एक विशिष्ट मोडलको रूपमा विकास गरिरहेको बताउँदै सडक पूर्वाधारमा ४ वर्षमा ६ सय १० किमी  सडक कालोपत्रे गरेर सबैलाई सिकाएको बताइन् ।

उनले आफ्नो एकमात्र चाहना विकास र समृद्धि रहेको भन्दै सोही अठोटका साथ अगाडि बढेको बताइन् । कार्यक्रममा लमजुड्ग गुरुङ तमु समाजका नलबहादुर गुरूङले माओवादी केन्द्र नै जनताको सुखदुखको साथी भयको महसुस गरी माओवादी केन्द्र नै रोजेको भन्दै आफू र तमु समाज क्रियाशील भएर संगठन विस्तारमा लाग्ने बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका वडा इन्चार्ज, वडा अध्यक्ष, वडा सदस्यलगायत वडाका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस