नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १७ : ३४
नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन


काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिनुभएको छ । 
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलगायतलाई आइतबार मन्त्रालयमा बोलाएर तत्काल नर्र्सिङको भर्ना खोल्न निर्देशन दिए । 

शिक्षा मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय कात्तिक १७ गते गर्नुभएको थियो । भर्ना प्रक्रिया शुरु गर्न निर्णय गरेपनि सिटीइभीटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन दिनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । ‘चिकित्सा शिक्षा र सिटीभिटीका उपाध्यक्षलाई राखेर ऐन कानुन र नियमानुसार तत्काल नर्सिङको भर्नाको सूचना निकाल्न निर्देशन दिएको छु’ मन्त्रीले भने  । मन्त्रीको निर्देशनपछि नर्सिङ भर्नाको सूचना निस्कने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पढनपाठन गराउन मापदण्ड पूरा गरेका छन् । ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज छन् । 

एसईई लगत्तै भर्ना खोल्नुपर्ने डिप्लोमा कार्यक्रमको नर्सिङबाहेकका अन्य कार्यक्रमको भर्ना भएपनि नर्सिङ कार्यक्रम लामो समयदेखि अन्योलमा रहँदै आएको थियो । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार मंगलबारसम्म सूचना प्रकाशन हुने जानकारी दिनुभयो । ‘आजमन्त्रीज्यूसहितको बैठक भएको छ,’ उले भने ‘२४ वटा शिक्षण संस्थामा करिब ९ सय जनाको लागि भर्ना सूचना प्रकाशन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस