‘ए’ डिभिजन लिग : ब्रिगेडको विजयी सुरुवात

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १६ : १०
‘ए’ डिभिजन लिग : ब्रिगेडको विजयी सुरुवात

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा विभागीय टिम एपीएफ एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले सुखद सुरुआत गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे । सुरज गुरुङको नाममा एक गोल रह्यो । एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए ।

यो जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ । एपीएफले भने हारबाट सिजनको सुरुआत गरेको छ । खेलको म्यान अफ द म्याच ब्रिगेडका रोशन राना मगर चुनिए ।

प्रतिक्रिया दिनुहोस