मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, ०८ : २३
मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) प्रदेशसभामा विश्वासको मत लिँदै छन् । मंगलबार लिइने भनिएको  विश्वासको मत विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको थियो ।

उक्त प्रस्ताव टेबल नै नभई मंगलबार सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो ।

पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि राईले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । 

प्रतिक्रिया दिनुहोस