यस्तो छ आजदेखि जारी हुने ई–पासपोर्टको विशेषता

पत्रपत्रिकाबाट

बुधबार, ०१ मंसिर २०७८, ०७ : ०१
यस्तो छ आजदेखि जारी हुने ई–पासपोर्टको विशेषता

काठमाडौँ । राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि ई–पासपोर्ट जारी गर्दै छ।

त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। 

यसले गर्दा व्यक्ति झुक्किने हुँदैन। मेसिनले पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने उनले बताए। उनका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ।

उक्त मेसिनमा एकपटक त्यस्तो पासपोर्ट प्रयोग भएको र त्यही पासपोर्ट अर्को व्यक्तिले प्रयोग गरे रोकिदिन्छ। त्यसैले कसैको पासपोर्टमा हुलिया परिवर्तन गरी हिँड्ने सम्भावना पनि न्यून हुन्छ। 

यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो। विदेशस्थित कूटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयले रुजु गर्ने, लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य सकेपछि विभागबाट पासपोर्ट जारी हुन्छ।

अर्यालका अनुसार हाल लाग्ने गरेको समयभन्दा कम्तीमा आधा समयमा अब पासपोर्ट प्राप्त गर्न सकिन्छ। समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो र राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। यो हाल विश्वमा चलेको सबैभन्दा सुरक्षित र भरपर्दो पासपोर्ट हो। अन्न्पूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस