प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची फेरियो

सफल खबर संवाददाता

मंगलबार, ३० कार्तिक २०७८, १५ : १३
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची फेरियो

विराटनगर । प्रदेश १ प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची रहेकोमा प्रतिपक्षी दल एमालेका सांसदहरु उपस्थित नभएपछि बैठक स्थगित भएको हो। 

विप्लव नेतृत्वले आह्वान गरेको बन्दका कारण सांसदहरू आउन नसक्ने भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको थियो। स्थगित नभएमा आफ्ना सांसद बैठकमा सहभागी नहुने एमालेले बताएको थियो। बैठक भोलि मंसिर १ गते दिउँसो ११ः३० बजे बस्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस