आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गछौं : मन्त्री आले

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १३ : २६
आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गछौं : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् ।

उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए । मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए । उनले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताए ।

पर्यटनमन्त्री आलेले भने, ‘प्लेन भन्दा ट्याक्सी महंगो भयो भन्ने गुनासो आएको हुनाले अब हामी छिटै एउटा सटन बस आन्तरिक र बाह्य एयरपोर्टमा ४ वटा सटल बस सञ्चालन गर्दैछौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क सटेन बस सेवा सञ्चालन गर्दैछौँ, साथसाथै म अस्ति २६ गते दिल्ली गएको थिएँ, क्याबिनेटबाट अनुमोदन गरेर नेपाल सरकारले मलाई पठाएपछि मैले दुई दिने भ्रमणमा त्यहाँका पर्यटन मन्त्री र नागरिक उड्डयन मन्त्रीसँग आधा घण्टा मेरो छलफल भयो नेपाललाई भारत लगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ, दिल्लीमा ६ टू ६ वान वे छ, त्यसलाई टू वे सञ्चालन गर्नुप¥यो भनेर आग्रह गरेँ, त्यस्तै अहिले हाम्रो नेपाल एयरलाइन्सको जहाज एउटा मात्रै दिल्ली जाने गर्छ,कम्तिमा त्यसलाई दुई वटा बनाइदिनु प¥यो भनेको छु, नेपालको जहाजबाट भारतको जहाज नेपाल र नेपालका जहाजबाट भारत जाँदा विदेशीहरुले चढ्न नपाउने एयर बबल त्यहाँ लागू भएको छ त्यसलाई पनि छिटै हटाउनु प¥यो भनेर समकक्षी मन्त्रीलाई भनेको छु ।’

पर्यटनमन्त्री आलेले भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस