राष्ट्रपति भण्डारीसमक्ष तीन प्रदेश प्रमुखले लिए शपथ

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १७ : ००
राष्ट्रपति भण्डारीसमक्ष तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश -१ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख  देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जवरा लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस