ग्यास सिलिन्डरको भाउ ७५ रुपैयाँ बढ्यो

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, २० : २०
ग्यास सिलिन्डरको भाउ ७५ रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले ग्यास सिलिन्डरको भाउ बढाएको छ । निगमले आज मध्यरातिदेखि लागू हुनेगरी एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको छ । यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । कात्तिक १२ गते पनि निगमले ग्यास ५० रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस