डिभोर्सपछि के गर्दैछिन् सामन्था ?

एजेन्सी

मंगलबार, २३ कार्तिक २०७८, १३ : ४३
डिभोर्सपछि के गर्दैछिन् सामन्था ?

एजेन्सी । दक्षिण अभिनेत्री सामन्था रुथ प्रभुले आफ्नी मिल्ने साथी मञ्जुला अनाग्नीलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएकी छन् । मञ्जुला र अन्य केही साथीहरूसँग आफ्ना केही तस्विर सेयर गर्दै उनले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना मञ्जुला। तिमी जस्तो साथी पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु। भनिन्छ, असल साथी नराम्रो समयमा मात्र चिनिन्छ । तिमी जस्तो असल साथी कोही छैन। आशा छ एक दिन तिमिले बुझ्नेछौ कि म तिमीलाई कति माया गर्छु। जन्मदिनको शुभकामना।’

मन्जुला र सामन्था बाहेक, फिल्म निर्माता नन्दिनी रेड्डी र अभिनेत्री मालविका नायर पनि तस्बिरमा देखिएका छन्। मिडिया रिपोर्टका अनुसार सामन्था चाँडै नै नन्दिनीसँग नयाँ प्रोजेक्ट सुरु गर्न लागेकी छिन् । यी दुईले यसअघि जबर्द र ओह बेबी जस्ता फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस