यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमयदर

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, ११ : २१
यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र विक्रीदर १३७ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र विक्रीदर १६२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०८ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र विक्रीदर ८८ रुपैयाँ ७४ पैसा रहेको छ ।यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ४७ पैसा र विक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस