प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले तिहारलगत्तै विश्वासको मत लिने

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १९ : १४
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले तिहारलगत्तै विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले तिहारलगत्तै विश्वासको मत लिने बताएका छन् । उनले पहिला विश्वासको मत लिने र त्यसपछि मात्र गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । 

मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले भने,‘ तिहारलगत्तै विश्वासको मत लिने काम गर्छौं, त्यसपछि गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं।’

मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका थिए । मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलबारै शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस