सत्ता गठबन्धनमा फुट आउँदैन : प्रकाशशरण महत

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १६ : ५०
सत्ता गठबन्धनमा फुट आउँदैन : प्रकाशशरण महत

काठमाडौं । काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सत्ता गठबन्धनमा फुट नआउने दावी गरेका छन् । आम निर्वाचन चाँडै आउँदै गरेको बताउँदै महतले गठबन्धन निर्वाचनसम्मै जारी रहने बताएका हुन् । 

‘आम निर्वाचन चाँडै आउँदैछ, गठबन्धन जारी रहन्छ’, आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले भने, ‘मलाई लाग्दैन कि गठबन्धनमा टुट्छ ।’ यसअघि सत्ता गठबन्धनकै एक घटना जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेससँग सहकार्य गर्न गाह्रो भएको बताएका थिए । तर, महतले विगतमा उपेन्द्र यादवहरुले केपी ओलीसँग पनि सहकार्य गरेको उल्ल्ेख गर्दै गठबन्धन चलाउन देउवासँग मिलेर नै सहज हुने धारणा राखे ।
 

प्रतिक्रिया दिनुहोस