प्रहरीमा व्यापक सुधारको आवश्यकता छ : आईजीपी खनाल

सुरेन कुँवर

विहीबार, १३ बैशाख २०७५, १९ : ३०

चितवन । प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरीलाई जनमुखी बनाउने काम सुरु भईसकेको बताउनुभएको छ । 
जिल्ला प्रहरी कार्यालय चितवनको निरिक्षणपछि पत्रकारहरु सगँ संक्षिप्त प्रतिक्रिया दिदै आईजीपी खनालले जनताले अनुभूती गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडी बढाईएको जानकारी दिनुभयो । समय पनि सुरु भई सकेको बताउदै उहाँले भन्नुभयो ,“ केहि कामहरुको जनताले अनुभूती गर्नु भईसकेको छ । अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने नै छ ।”
प्रहरी संगठनमा सुधार गर्नुपर्ने देखिएको हो भन्ने पत्रकारहरुको जिज्ञसामा प्रहरी प्रमुख खनालले प्रहरी संगठनमा बसेका केहि नलाएक सदस्यहरुले गरेका कामलाई पुरै प्रहरी संगठनसगँ जोड्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो , त्यस्ता व्यक्तिहरुलाई प्रहरीले भन्न नमिल्ने बताउनुभयो । संगठनमा केहि त्यस्ता केहि किराहरु हुन्छन् । ती किरालाई फाल्नुपर्छ । खनालले भन्नुभयो ,“राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने प्रबधानमै व्यवस्था छ । यस्ता किराहरु छन् भनेपनि  अब संगठनमा अट्दैन्न ।” 


प्रमुख खनालले प्रहरीहरु अपराधीहरु बदासहरुसगँ मिलेमतो राख्छन् भने त्यस्ता प्रहरीहरु संगठनमा नअटाउने समय सुरु भईसकेको धारणा व्यक्त गर्नुभयो ।
प्रदेशमा प्रहरीको संरचना कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उहाँले त्यस्का लागि गृहमन्त्रालयबाट अन्तिम रुप दिने काम भईरहेको जानकारी दिनुभयो ।

अहिले भएका प्रहरीबाटै उच्चतम प्रयोग गरेर देशको शान्ति ,सुरक्षामा प्रहरीले काम गर्दै अगाडी बढ्ने उहाँको भनाई छ । प्रहरीमा देखिएको जनशक्ति अभावलाइ पनि विस्तारै वृद्धि गर्दै लौजानुपर्ने आवश्यक गरेको बताउनुभयो ।


 

प्रतिक्रिया दिनुहोस