सर्वोच्च अदालत हाताभित्रै कानुन व्यवसायीबीच कुटाकुट (भिडियोसहित)

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, १३ : ४६
सर्वोच्च अदालत हाताभित्रै कानुन व्यवसायीबीच कुटाकुट (भिडियोसहित)
 

काठमाडौं  । सर्वोच्च अदालत हाताभित्र शुक्रबार कानुन व्यवसायीबीच हात हालाहाल भएको छ। अदालत चल्नुपर्छ कि पर्दैन भन्ने विषयमा कुराकानी भइरहेका बेला भूमिनन्द चुँडाललाई विराट न्यौपानेले हात हालेका थिए। न्यौपानेको आक्रमणबाट चुँडालको कोट च्यातिएको छ।

चुँडालले ‘न्यायाधीशहरुको बहिस्कार बेठीक छ। अदालत बन्द गर्नु हुँदैन, चल्नुपर्छ। यसको प्रभाव कानुन व्यवसायीहरुमा समेत पर्‍यो’ भन्दै बोलेका थिए। त्यसपछि न्यौपानेले बारको निर्णयविपरीत किन बोलेको भन्दै हात चुँडाललाई हालेका थिए। चुँडालले न्यौपानेविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।

न्यायाधीश र कानुन व्यवसायीको बहिस्कारका कारण शुक्रबार पनि सर्वोच्च अदालतमा मुद्धाहरुको सुनुवाइ हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसियसनले अदालती कामकारबाही बहिस्कार गरिरहेका छन्।

 

https://fb.watch/8Xq32H49F8/

 

 

प्रतिक्रिया दिनुहोस