आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो चरणमा

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १५ : ००
आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो चरणमा

काठमाडौं । नेपाल आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।त्रिपुरेश्रस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबलाई ४–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो । 

समूह ए मा आर्मीको जितमा राजु तामाङले दुई तथा हर्कबहादुर गुरुङ र नवीन न्यौपानेले समान एक गोल गरे । फर्पिङ डेभलपमेन्टका निराज श्रेष्ठले इन्जुरी समयमा एक गोल फर्काएका थिए । आर्मीका राजु तामाङ ‘म्यान अफ दी म्याच’ भए । 

जितसँगै आर्मीले दुई खेलबाट ६ अंक बनाएको छ । लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । 

एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनु पर्नेछ। खेलको समयावधि ६० मिनेट (एक हाफ ३० मिनेट) को हुनेछ । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस