एजेन्सी । चीनमा तीन वर्षदेखि माथिका बालबालिकालाई पनि कोभिड खोप दिइने भएको छ । पछिल्ला दिनमा विभिन्न प्रान्तमा कोभिड महामारी फैलिएसँगै तीन वर्षसम्मका बालबालिकालाई खोप दिइने भएको हो ।
पाँच ओटा प्रान्तका सहर र प्रान्तीय सरकारहरुले सूचना जारी गर्दै तीनदेखि ११ वर्षका बालबालिकालाई खोप दिनुपर्ने जनाएका छन् । चीनमा ७६ प्रतिशत जनसंख्याले पूर्णखोप लगाइसकेका छन् । चिनियाँ अधिकारीहरुले कोभिडप्रति चीनको शून्य सहनशीलता रहेको बताउँदै आएका छन् । विभिन्न स्थानमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले नयाँ कदम चालिरहेका बेला फेरि खोप अभियान तीब्र पारिएको छ ।
महामारी नियन्त्रण गर्न चीनले लकडाउन, क्वारेन्टाइन र अनिवार्य परीक्षणलाई तीब्रता दिँदै आएको छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिलेसम्म १ अर्ब ७ करोडले पूर्ण खोप लगाइसकेका छन् ।
पछिल्लो समयमा चीनले चाँडो फैलने डेल्टा भाईरस संक्रमणप्रति चासो देखाउदै आएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ कार्तिक २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप