काठमाडौं । कतारमा अवैध रूपमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले आममाफीको योजना ल्याएको छ। रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफी दिने घोषणा सरकारले गरेको हो।
कतार सरकारले कतारमा अवैध भएर बसेकालाई कतारमै रहेर वैध भई काम नियमित गर्ने वा स्वदेश फर्कने दुुवै विकल्प खुला गरेको कतारस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार अवैध भएका नेपाली नागरिकले २०७८ असोज २४ देखि पुस १६ सम्म घोषणामा उल्लेखित विभाग तथा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्नसक्ने छन्। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ कार्तिक २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रमजान अवसरमा कतारद्वारा तीन नेपाली नागरिकलाई आममाफी
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी