मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अनिश्चित

पत्रपत्रिकाबाट

आइतबार, ०७ कार्तिक २०७८, ०७ : ४७
मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अनिश्चित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन हुन सकेको छैन । यसले आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ ।

कात्तिक महीनासम्म पनि वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।

आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस