काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज आयोजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताएका हुन् । “नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ”, उनले भने । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गरे ।
लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए । कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।
कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताए । पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको भएको उनको भनाइ थियो । सभापति केसीले पार्टीलाई एकजुट भएर अगाडि बढाउनुपर्ने कुरमा जोड दिँदै निर्वाचनमा सक्षम व्यक्तिलाई टिकट उपलब्ध गराउनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ कार्तिक २०७८, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले प्रश्न गर्नेको फाइल खोल्ने धम्की दिनु संसदीय मर्यादामाथिको अपमान हो : अर्जुननरसिंह केसी
पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी