काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज आयोजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताएका हुन् । “नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ”, उनले भने । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गरे ।
लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए । कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।
कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताए । पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको भएको उनको भनाइ थियो । सभापति केसीले पार्टीलाई एकजुट भएर अगाडि बढाउनुपर्ने कुरमा जोड दिँदै निर्वाचनमा सक्षम व्यक्तिलाई टिकट उपलब्ध गराउनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ कार्तिक २०७८, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग
संवैधानिक परिषद् भागवण्डा परिषद् भयो : अर्जुननरसिंह केसी
वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन सकेनन्ः नेता केसी
लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अर्जुननरसिंह केसी
सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ? : अर्जुननरसिंह केसी
भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छ : अर्जुननरसिंह केसी