यी साधकद्वारा २२ मिनेट श्वास रोकेर देखाउने दाबी

पत्रपत्रिकाबाट

बुधबार, ०३ कार्तिक २०७८, ०७ : ५१
यी साधकद्वारा २२ मिनेट श्वास रोकेर देखाउने दाबी

काठमाडौं । एक्काइसौँ पटक आफ्नै शरीरमा जमरा उमारेका साधक मनोजकुमार यादवले २२ मिनेट श्वास रोकेर देखाउने दाबी गरेका छन् ।

सप्तरीको राजविराज घर भएका ३५ वर्षीय मनोजकुमारले पछिल्लो पटक धनुषाको कमला नगरपालिका–९, लीलावतीमा आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारे । उनले लगातार २१ वर्षदेखि दशैँमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बङ्गाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको बताउने साधक मनोजले नेपाल यो पाँचौँ पटक भएको बताए ।  

सुख, शान्ति र लोककल्याणको कामना गर्दै घटस्थापनादेखि नवमीसम्म निराहार व्रत बसेर शरीरमाथि जमरा उमार्ने गरेको उनले सुनाए । एक्काइसौँ पटक शरीरमाथि जमरा उमारेको सफलतापछि साधक मनोजकुमार २२ मिनेट श्वास रोकेर विश्वसामु देखाउने दाबी गरेको खबर गोरखापत्रमा छापिएको छ । 

उनले केही महिनापछि राजधानी काठमाडौँमा नेपाल सरकार तथा अरू देशका प्रतिनिधिहरूको उपस्थितिमा श्वास रोकेर देखाउने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस