काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।
‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ कार्तिक २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री